पाकिस्तानी सेनाले गरेको आक्रमणमा पाच भारतीय सेना मारिए

पाकिस्तानी सेनाले गरेको आक्रमणमा पाच भारतीय सेना मारिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ जेष्ठ २०७४
  • 10.2K
    Shares

जेष्ठ २१ एजेन्सी । पछिल्लो समय भारत र पाकिस्तानबीच तनाव बढीरहेको बेला शनिबार पाकिस्तानी सेनाले भारतीय सैनिक पोष्टमा गरेको जवाफी कार्बाहीमा ५ जना भारतीय सेना मारिएको दावी पाकिस्तानी सेनाले गरेको छ ।
पाकिस्तानको ईन्टर सर्भिस पब्लिक रिलेसन ( आईएसपिआर) ले आधिकारीक ट्वीटर मार्फत एक भिडियो सार्वजनिक गर्दै भारतीय सेनाको बंकरमा पाकिस्तानी सेनाले बमबार्ड गरेको भिडियो समेत सार्वजनिक गरेको छ ।
सन् २०१६ को अन्त्य देखि दुवै देशबीच सिमानामा क्रस फायरका क्रममा दर्जनौ सेना र सर्वसाधारणको ज्यान गईसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार