श्रीमतीका नाममा चिठी लेखेर बेपत्ता जग्गा व्यापारी वली मृत भेटिए

श्रीमतीका नाममा चिठी लेखेर बेपत्ता जग्गा व्यापारी वली मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ जेष्ठ २०७४
  • 11.2K
    Shares

करिब एक महिना अघि बेपत्ता भएका तुलसीपुरका जग्गा व्यापारी रत्नबहादुर वली मृत अवस्थामा भेटिएका छन् । गत बैशाख १९ गते बेपत्ता भएका वली घोराही उपमहानगरपालिकामा पर्ने चेोपट्टाको जंगलमा मृत अवस्थामा भेटिएको शव रहेको ठाउँमा पुग्नु भएका जिप्रका दाङका सई विनोद सिंङले जानकारी दिनुभयो ।

जंगलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सई सिङका अनुसार  वलीकी श्रीमतीले शव आफ्नो श्रीमानको भएको बताउनुभएको छ । प्रहरीका अनुसार वलीकी श्रीमतीले नङबाट श्रीमानको पहिचान गर्नुभएको थियो ।

शव भेटिएको स्थानमा चप्पल पनि फेला परेका छन् । शव कुहिएको छ । शव पोस्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

वली श्रीमतीका नाममा चिठी लेखेर २८ दिन अघि घरबाट बेपत्ता हुनुभएको थियो । चिठीमा अार्थिक भार थेक्न नसकेकाले आफू घर छोडेर गएको र बाँकी ऋण तिर्न अनुरोध गरिएको थियो ।

मृतक वलीले तुलसीपुरको रझेनीमा खोल्ने भनिएको मेडिकल कजेलको वरपर जग्गा खरिद गरि प्लटिङ गर्नुभएको थियोे । मेडिकल कजेज सञ्चालन गर्ने भनिएको संस्थाको नाममा भएको जग्गा बैकले लिलाम गरेपछि वली तनाबमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार