भारतमा घुसे लश्करका आतंकी : दिल्लीदेखि मुम्बईसम्म हाई अलर्ट

भारतमा घुसे लश्करका आतंकी : दिल्लीदेखि मुम्बईसम्म हाई अलर्ट


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ जेष्ठ २०७४
  • 15.3K
    Shares

एजेन्सी नयाँ दिल्ली/ भारतमा लश्करे–तैयबाका २० देखि २१ जना अतंकवादी घुसेको खबर प्राप्त भएपछि राजधानी दिल्लीसहित मुम्बई, राजस्थान, पञ्जाबमा सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ ।दिल्ली प्रहरीले यसबारे एक एडवाइजरी नै जारी गरेको छ ।

समाचार एजेन्सीका अनुसार दिल्ली प्रहरीको स्पेसल सेलको तर्फबाट यो एडवाइजरी जारी गरिएको हो ।जसमा जिल्ला, मेट्रो र रेलवे प्रहरीको युनिटलाई अलर्टमा बस्न भन्दै बजार, धार्मिक स्थान, मल, मेट्रो र रेलवे स्टेसनमा सुरक्षा व्यवस्था चुस्त राख्न भनिएको छ ।

एडवाइजरीमा प्रहरीलाई हाई अलर्ट बस्न र सन्दिग्ध व्यक्ति, वस्तु, गाडी आदिमा नजर राख्न र जाँच गर्न भनिएको छ ।

प्रहरी स्रोतका अनुसार लश्करका आतंकीहरुले दिल्ली, मुम्बई, राजस्थान वा पञ्जाबमा घटना घटाउन सक्ने सूचना प्राप्त भएको छ ।

एडवाइजरी जारी भएपछि दिल्लीको सुरक्षा व्यवस्था कडा परिएको छ । संवेदनशील मानिएका क्षेत्रमा पिसिआरका १० वटा भ्यान तैनाथ गरिएको छ जसमा राष्ट्रिय सुरक्षा गार्ड र कमाण्डो फोर्स रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार