प्रधानसेनापति क्षत्री स्वदेश फिर्ता

प्रधानसेनापति क्षत्री स्वदेश फिर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ जेष्ठ २०७४
  • 8.3K
    Shares

काठमाडौं, जेठ १२– प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गरी शुक्रवार स्वदेश फर्किएका छन् । क्षत्रिलाई बलाधिकृत रथी वलदेव राज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रधान सेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे ।

करिब एक साता लामो अमेरीका भ्रमणको क्रममा क्षत्रीले होनोलुलु हवाईमा संचालन भएको ‘सन् २०१७ ल्याण्ड फोर्सेज अफ द प्यासिफिक कन्फरेन्स’को उद्घाटन कार्यक्रममा संवोधन गरेका थिए ।
भम्रणका क्रममा क्षत्रीले अमेरिकाको ‘युनाईटेड स्टेट्स प्यासिफिक कमाण्ड’ अन्तर्गतका विभिन्न सैन्य ईकाईहरुको उच्च पदस्थ सैनिक अधिकारीहरुसँग भेटघाट तथा दुई देशबीचको आपसी सम्बन्ध तथा सहयोग बारे अन्र्तक्रिया गरेका नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार