मनाङको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा बिजय हासिल

मनाङको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा बिजय हासिल


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ जेष्ठ २०७४
  • 9.1K
    Shares

१ जेठ, काठमाडौं । मनाङको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा बिजय हासिल गरेको छ ।भर्खरै सकिएको मतगणना अनुसार एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर जित्दा कांग्रेसकी छिरिङ ओङमा गुरुङले ५०४ मत प्राप्त गरेको निर्वाचन अधिकृत उद्वीर नेपालीले बताए ।

यसअघि मनाङको चामे गाउँपालिकामा पनि एमालेका डम्बर बहादुर घले बिजयी भएका थिए । मनाङमा एमालेले चुनाव जितेको इतिहासमै यो पहिलो पटक हो ।

प्रतिक्रिया