उच्च जोखिममा रहका ४२ जना बालबालिकालाई रकम वितरण

उच्च जोखिममा रहका ४२ जना बालबालिकालाई रकम वितरण


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ माघ २०७३
  • 8.8K
    Shares

रसुवा,१३ माघ ।

रसुवामा जोखिममा रहेका एक हजार ८४ बालबालिका मध्ये उच्च जोखिममा रहेका ४२ जना बालबालिकालाई रकम वितरण गरिएको छ ।

जिल्ला वालकल्याण समितिले रसुवाको भोर्लेमा रहेका ४२ जना बालबालिकालाई बुधबार पाँच हजारका दरले रकम वितरण गरेको हो ।

समितिका अनुसार बुवाआमा दुवै नभएका बेसहारा, अपांगता भएका तथा नाजुक अवस्थामा रहेका बालबालिकालाई रकम प्रदान गरिएको हो । अघिल्लो वर्ष ६ सय २० जनालाई रकम वितरण गरेको समितिले यो वर्ष एक सय जनालाई मात्र रकम वितरण गर्ने जनाएको छ ।

वितरण गरिएको रकमले जोखिममा रहेका वालवालिकालाई शिक्षा, स्वास्थ्य, जिविकोपार्जन तथा पारिवारिक पुनर्स्थापना गर्न सहयोग पुग्ने समितिले जनाएको छ ।

प्रतिक्रिया