गण्डकी प्रदेशका सांसद कृष्ण थापाद्वारा आफ्नो साढे दुई वर्षीय कार्यकालको प्रगति सार्वजनिक

गण्डकी प्रदेशका सांसद कृष्ण थापाद्वारा आफ्नो साढे दुई वर्षीय कार्यकालको प्रगति सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ असोज २०७७
  • 2.5K
    Shares

आफ्नो साढे दुई वर्षको प्रगति सुनाउदै प्रदेश सासद कृष्ण थापा

गण्डकी प्रदेश सभाका सांसद कृष्ण थापाले आफ्नो साढे दुई वर्षीय कार्यकालको प्रगति विवरण पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरेका छन्ला। कास्की क्षेत्र नं २(क) बाट गण्डकी प्रदेश सभामा निर्वाचित नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सभा सदस्य कृष्ण थापाले साढे दुई वर्षको उपलब्धि विवरण सार्वजनिक गरेका हुन् । कास्की क्षेत्र नं २(क)मा पोखरा महानगरपालिकाको वडा नं. ७, १५, १७, २१ र ३३ पर्दछ।

आफ्नो क्षेत्रमा प्रदेश सरकारबाट परेका योजना विनियोजित बजेट तथा उपलब्धिहरु सार्वजनिक गर्दै प्रदेश सांसद थापाले निर्वाचनताका आफुले घोषणा पत्रमा जनाएका प्रतिवद्धता अनुसार नै काम गर्दै आएको जिकिर गरे ।

उनले आफ्नो क्षेत्रको बिकासका लागि प्रदेश सरकारले आबश्यक बजेट बिनियोजन गरिदिएकोमा सन्तुष्टि प्रकट गर्दै आफ्नो क्षेत्रको उद्योग व्यवसाय र पर्यटनको विकास, शैक्षिक गुणस्तरमा बृद्धि, यातायात र सडक निर्माण, व्यवस्थित स्वास्थ्य सेवा तथा खानेपानी, व्यवसायिक कृषि तथा पशुपालन, विद्युतिकरण, ताल तथा नदीको संरक्षण लगायतको बिकासका लागि आफु निरन्तर लागिरहने बचनबद्धता ब्यक्त गरे।

प्रदेश सांसद कृष्ण थापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सनघीय्सान्सद बिद्या भट्टराई

प्रदेश सभा सदस्य थापाले विभिन्न क्षेत्रमा निर्माणका काम भैरहेको बताए । उनका अनुसार ३२ करोड ९० लाखको लागतमा कृष्ती बक्रेक पौवेगौडे मोटरबाटो( १२.३ किमी), पोखरा १७ स्थित ड्यामसाईडमा ४ करोड ८० लाखमा झण्डा पार्क निर्माण, १ करोड लागतमा विरौटा पुडीटार सडक, रत्नचोकदेखी ड्यामसाईडसम्म फुटफाथ निर्माण लगायतका कार्यहरु हुदै आएका छन् ।

उनले आफ्ना प्रतिबद्धता अनुरुपका बाँकी काम यही कार्यकालमा सम्पन्न गर्ने बताउदै एक वडा १ बैंकको अवधारणा मध्ये वडा २१ मा मात्र बाँकी रहेको बताए । उनका अनुसार प्रदेश औधोगिक क्षेत्रमा पूर्वाधार निर्माण पुणीटार (भोटेपोखरी) को गुरुयोजना तयार भैसकेको छ ।

त्यस्तै हरियो खर्क अस्पताललाई पूर्ण सरकारी स्वमित्वमा संचालन गर्दै व्यवस्थापन र सेवामा जोड दिनका लागि सँघबाट कार्य थालनी भैसकेको छ । त्यस्तै पोखरा महानगरपालिका ७ र १५ जोड्ने, वडा १५ र ३३ जोड्ने गरी सेती नदीमा पुलको निर्माण प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार