आश तमु, पोखरा -नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले सुचना जारी गर्दै पोखराको तातोपानी फिडर अन्तर्गतका केही स्थानमा आजबाट तीन दिन विहान १० बजेदेखी साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले सूचना जारी गरी असोज २२ देखी २४ गतेसम्म तातोपानी फिडर अन्तर्गतका केआइसिँहपुल, दीप तथा दीप हाउजिङ एरियामा बिजुली आपूर्ति बन्द हुने जनाएको छ ।
केआइसिँहपुल देखी सुन्दर फिडसम्मको मुख्य बाटो विस्तारका क्रममा विद्युत पोलहरु स्थानान्तरण गर्नुपर्ने भएकाले बिजुली नआउने प्राधिकरणले जनाएको छ
