काठमाडौं । कोरोना संक्रमणको कारण मेडिकल कलेज कोहलपुरमा एक महिलाको मृत्यु भएको छ ।
सुर्खेत घर भइ मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित २९ वर्षीया महिलाको बुधबार बेलुका मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार उनको यही असोज १३ गते स्वाव संकलन गरिएको थियो ।
त्यसको दुई दिन पछि रिपोर्ट पोजेटिभ आएको थियो। त्यसैदिन उनलाई कोभिड आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो ।
कोरोना संक्रमणको कारण उनलाई निमोनिया भएको र बचाउन नसकिएको कोहलपुर शिक्षण अस्पतालले जनाएको छ।