मोनिका गुरुङ
पोखरा, २९ असोज २०७७
पोखरामा आज थप ८ नयाँ कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेश अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा वडा नं ३ का ३२ वर्षीय पुरुष, ६ का ३५ वर्षीय पुरुष, ८ का १८ र २५ वर्षीय महिला, ९ का ३७ वर्षीय पुरुष, १२ का २४ वर्षीया महिला, १७ की २४ वर्षीया महिला र ३३ वर्षीय पुरुष गरी ८ जनामा कोरोना पुष्टि भएको हो ।
यस अघि बिहान मात्रै वडा नं १६ का ५२ वर्षिय पुरुष तथा ३३ र ३५ वर्षीया महिला ,वडा न २१ का ४४ वर्षीय पुरुषमा पुष्टी भएको थियो ।
सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारि भैरहेको निर्देशानलयले जानकारी दिएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ४३७५ पुगेको छ |