पोखराका दुई प्रहरी सहित थप २३ जनामा कोरोना पुष्टी

पोखराका दुई प्रहरी सहित थप २३ जनामा कोरोना पुष्टी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० असोज २०७७
  • 5.4K
    Shares

आश तमु पोखरा- पोखराका थप २३ जना सहित गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा पोखराका २३ जनासहित गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा न २८ का ३१ वर्षका एक पुरुष, वडा न १० का ४८ वर्षका पुरुष र ६३ वर्षका महिला,वडा न १७ का २४,३३,३६,३७ र ४७ वर्षिय पुरुष ,वडा न ७ का ३७ र ४५ वर्षिय पुरुष , वडा न २० का २४,३९,५१,५३ बर्षिय महिला र ४६,५८ का दुई पुरुष रहेका छन। यसै गरी वडा न १४ का १२ बर्षिया बालिकार ४० बर्स्जिया पुरुष रहेका छन ।पोखरा २५ का २३ बर्षिया महिला । वडा न ९ का ३४ र ४२ बर्षिया पुरुष,वडा न १५ का २५ बर्षिया महिला र वडा न नखुलेका २० बर्षिय पुरुष रहेका छन।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप कोरोना संक्रमित हुनेहरुमा लमजुङमा १३ जना,पर्वतमा २ जना ,तनहुँमा ५ जना र गोरखामा २ जना रहएका छन । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३०९ पुगेको छ |

पोखरा महानगरपालिका वार्ड नं २८, १७, १०, २५, ९ का क्रमशः ३१, ३७, ३३, ४८, २३, ३४, ४२ वर्षीय संक्रमितहरु र गोरखा जिल्लाका दुवैजना संक्रमित भारतबाट आएका हुन भने पोखरा महानगरपालिका वार्ड नं ७ का ४५ र ३७ वर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत हुन । अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिंग मार्फत पहिचान भएको र संक्रमित सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारि भैरहेको निर्देशानलयले जनाएको छ्। त्यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या ३०८० (निको हुने दर ७१।४७% ) रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार