पोखरामा थप ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थय निर्देशानलयका अनुसार पोखरा महानगरपालिका वडा नम्बर ८ र १० का ११ जना पुरुष र वडा नम्बर २६ का २ जनालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा तनहुँ ब्यास नगरपालिका १० का पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित पुरुष तनहुँ ब्यास यातायात प्रा।लिमा कार्यरत रहेका छन् ।
यता लमजुङ जिल्लाको बेसीसहर नगरपालिका ४ का पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित सबैले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा परीक्षण गराएका हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार १ सय ३ पुगेको छ ।