लमजुङ मध्यनेपाल डढुआ घर भएका सन्तोष लागूऔषध सहित पोखरा महेन्द्रपुलबाट प्रकाउ

लमजुङ मध्यनेपाल डढुआ घर भएका सन्तोष लागूऔषध सहित पोखरा महेन्द्रपुलबाट प्रकाउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ असोज २०७७
  • 3K
    Shares

जिल्ला प्रहरी कार्यालय कास्की

पोखरा – कास्की प्रहरीले पोखरा ९ महेन्द्रपुलबाट लागु अौषध सहित एक युवालाई प्रकाउ गरेको छ।

पोखरा महानगरपालिका ९ महेन्द्रपुल डेरा गरी बस्ने लमजुङ मध्यनेपाल नगरपालिका ८ डढुआ घर भएका २७ वर्षीय सन्तोष परियारलाई नियन्त्रित लागूऔषध बुप्रिनर्फिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र ट्रामाडोल १ हजार ८ सय ९० क्याप्सुल सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

परियारले अबैध लागूऔषध खरिद तथा संकलन गरी पोखरा नगरक्षेत्रमा ओसारपसार एवं बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले परियारको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार