सांकेतिक तस्विर
आश तमु पोखरा – पोखरा २७ तालचोकमा तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
पोखरा २७ तालचोक बस्ने बाग्लुङ जैमुनी घर भएका निर बहादुर शाहीको कोठामा तास खेलिरहेको अवस्थामा ७ जनालाई नगद २५ हजार ९ सय ८५ रुपैयाँ र ४ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा तास खेलिरहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।