जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूलाई कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना पुष्टि भएको हो।
कोरोना संक्रमण देखिएका डिएसपी थापाले आफूलाई ज्वरो र खोकी लागे पनि अन्य प्रहरीमा लक्षण नदेखिएको बताए। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरूङले संक्रमित सबै प्रहरीलाई कार्यालय भित्र रहेको आइसोलेसन कक्षमा राखिएको जानकारी दिए। उनीहरू कसैको पनि स्वास्थ्यमा समस्या नरहेको उनले बताए।
यसअघि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो।चितवनमा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ।