लमजुङ बेशिशहरमा बलेरो जीपको ठक्करबाट दुई जना मानिस घाइते

लमजुङ बेशिशहरमा बलेरो जीपको ठक्करबाट दुई जना मानिस घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ असोज २०७७
  • 2.2K
    Shares

लमजुङ – लमजुङ बेशिशहरमा बलेरो जीपले ठक्कर दिदा दुई जना मानिस घाइते भएका छन ।

बेशिसहर नगरपालिका ८ बेशिशहर बजार क्षेत्रको भित्री सडक खण्ड अन्तर्गत प्रशासन चोक नजिकै क्याम्पस चोकबाट प्रशासन चोकतर्फ आउँदै गरेको ग३च ९०६ नंम्वरको बलेरो जिपको ठक्करबाट पैदल यात्री जिल्ला लमजुङ बेशिशहर नगरपालिका १० भाचोकबेशि कुप्लीङ बस्ने वर्ष ४८ को ढक बहादर गुरुङ र मर्स्याङदी गाउँपालिका २ घनपोखरा घर भई हाल बेशिशहर नगरपालिका ८ बस्ने वर्ष ४ की सुमिना बि क रहेका छन ।

घाइतेलाई थप  उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेशिशहर लमजुङ पठाईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बलेरो जिप र चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार