बङ्गलादेशमा जारी बङ्बन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्ने भएको छ। बङ्गलादेशको ढाकास्थित बङ्बन्धु राष्ट्रिय रङ्गशालामा भोलि शुक्रबार ४ः४५ बजे हुने खेलमा नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ।
झण्डै १७ वर्षको अन्तरालमा अन्तर्राष्ट्रिय स्पर्धामा नेपाल पहिलो पटक फाइनलमा पुगेको हो। यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो।
उक्त प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै फाइनल चरणमा आफ्नो यात्रा सुनिश्चित गरेको हो । लिग चरणको दोस्रो खेलमा पनि नेपाली टोलीले श्रीलङ्कालाई हराउँदै करिब २८ महिनापछि जितको खडेरीलाई तोडेको थियो ।
सो अवधिसम्म करिब १२ खेल खेलेको नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेको थिएन । लगातार १० खेलमा न त जित नै हासिल गर्न सकेको थियो न त गोल नै । यसअघि समूह चरणमा तीन खेल खेलेको नेपालले पहिलोे मलेसिया र तेस्रो बङ्गलादेश विरुद्वको खेलमा गोल गोलरहित बराबरी खेलेको थियो । रासस
– See more at: http://www.nagariknews.com/sports/football/story/52933.html#sthash.3ysNif2R.dpuf