कोभिड १९ संक्रमित दुई महिलाको उपचारको क्रममा बुटवल र चितवनमा निधन भएको छ ।
चितवन मेडिकल कलेजमा निधन भएका भदौ ५ गते भर्ना भएकी उनको १० गते कोरोना पुष्टि भएको हो । भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिला भाद्र ५ गते झाडापखाला, खोकीको समस्या भएर अस्पताल भएका उनलाई १० गते कोरोना पुष्टी भएको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले बताए। उनलाई भेन्टिलेटरको सहायतामा राखिएको थियो।
रुपन्देहीको सैनामैना नगरपालिका, सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको हो। यसै गरी चितवन मेडिकल कलेजमा बुधबार राती करिब साढे १२ बजे भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी विष्णु गौतमले ७७ वर्षीया महिलामा श्वासप्रश्वास र ज्वरोको समस्या देखिए पछी परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको बताए । कोरोना पुष्टि भएपछि महिलालाई अस्पतालकै फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भईरहेको थियो। उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको उनले जनकारी दिए ।