पोखरामा बुधबार बिहान कोरोना संक्रमण पुष्टि भएका २५ जनामध्ये २० जना प्रहरी, एकजना स्टाफ नर्स र अर्का डोजर व्यवसाय संचालन गर्ने ब्यबसायी रहेका छन्।
स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान जारी गरेको बिज्ञप्ति अनुसार, पोखरा १७ मा कार्यरत २१ देखि ४२ वर्ष उमेर समुहका २० जना प्रहरी, तनहुँ शुक्लागण्डकी घर भई पोखराको अमरसिंह चोक स्थित पार्कल्याण्ड अस्पतालमा कार्यरत २६ वर्षीय स्टाफ नर्स, पोखरा १३ का २७ वर्षीय पुरुष र पोखरा १४ का ३० र ५७ वर्षका २ महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै तनहुँ व्यास ६ घर भई पोखराको अमरसिंह चोकमा बसोबास गर्ने डोजर ब्यबसायी संचालन गर्ने २४ वर्षीय ब्यबसायी पनि कोरोना संक्रमित भएको निर्देशनालयले जनाएको छ ।
बुधबार बिहान नै लमजुङको सुन्दरबजारका ४ वटा वडाका २७, ४८ र ५० वर्षीय पुरुष तथा ३० ४५ ४९ र ५७ वर्षका महिलामा कोरोना देखिएको छ । लमजुङकी ४९ वर्षीया महिला स्थानीय किराना पसल संचालक रहेको र ५० वर्षीय पुरुष ओमानबाट आएको निर्देशनालयले उल्लेख गरेको छ ।
त्यसैगरी बिहान नवलपुरका बिनयत्रिबेणीका ४१ र ५४ वर्षका २ पुरुष तथा ३५, ४१ र ५८ वर्षका ३ महिला, गैंडाकोटकी ४० वर्षीया एक महिला र देवचुलिका ७६ वर्षीय पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ४६ पुगेको छ ।