नेपाल पत्रकार महासंघका लमजुङका अध्यक्ष आश गुरुङलाई कोरोना संक्रमण पुष्टि

नेपाल पत्रकार महासंघका लमजुङका अध्यक्ष आश गुरुङलाई कोरोना संक्रमण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ भाद्र २०७७
  • 3.6K
    Shares

आश गुरुङ

नेपाल पत्रकार महासंघका लमजुङका अध्यक्ष आश गुरुङलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी पोखरा पठाइएकोमा सोमबार पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, क्व्होलासोंथर गाउँपालिका ४ घर भई बेंसीशहर नगरपालिका ७ मा बस्दै आएका ३५ बर्षीय महासंघका अध्यक्ष गुरुङलाई कोरोना पुष्टि भएको हो । संक्रमित गुरुङलाई आइसोलेसनमा लगिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले  जानकारी दिए।

यसअघि लमजुङकै एक २७ बर्षीय पुरुष पत्रकारमा कोरोना पुष्टि भइसकेको छ । एक रेडियोमा कार्यरत पत्रकार हाल आइसोलेसनमा रहेका छन् ।

पत्रकार गुरुङसहित सोमबार १४ जना संक्रमित भएका छन् । सोमबार कोरोना संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत ३ प्रहरी, बैंकका कर्मचारी, बेंसीशहर नगरपालिकाका कर्मचारी र स्थानीय छन् ।

कन्ट्रयाक टे«सिङको आधारमा स्वाब संकलन गरिएका जिल्ला प्र्रहरी कार्यालय लमजुङमा कार्यरत ३५ बर्षीया महिला, २२ बर्षीय पुरुष र २३ बर्षीय पुरुष, बेंसीशहर नगरपालिका ७ की २० बर्षीया महिला, ग्लोबल आईमई बैंक बेंसीशहरमा कार्यरत बेंसीशहर नगरपालिका ७ का ३२ बर्षीया महिला, बेंसीशहर नगरपालिका ८ का २७ बर्षीय महिला, बेंसीशहर नगरपालिका ७ का २५ बर्षीय, र २० बर्षीय महिला र बेंसीशहर नगरपालिका ३ का ३२ बर्षीय पुरुष, बेंसीशहर नगरपालिका २ का ५० बर्षीया महिला, बेंसीशहर नगरपालिका ७ का २१ बर्षीया र २८ बर्षीया महिला, बेंसीशहर नगरपालिका १० का ४५ बर्षीय पुरुष, बेंसीशहर नगरपालिका ११ का ३८ बर्षीय पुरुष छन् ।

थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पोखरा पठाइएका उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई आइसोलेसनमा लगिएको प्रजिअ शर्माले बताउनुभयो । लमजुङमा कोरोना संक्रमितको संख्या १ सय ८९ पुगेको छ । महिला २२ जना र पुरुष १ सय ६७ जना छन् । महिला ९ र पुरुष १ सय ४ गरी १ सय १३ जना निको भएर घर फर्किसकेको छन् । महिला १३ र पुरुष ६३ जना गरी ७६ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया