कोरोना संक्रमण भुसको आगो जसरी फैलिंदै : एकै दिन २० जनाको मृत्यु, आठसय ८४ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमण भुसको आगो जसरी फैलिंदै : एकै दिन २० जनाको मृत्यु, आठसय ८४ जनामा कोरोना संक्रमण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ भाद्र २०७७
  • 4.2K
    Shares

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले कडा खालको लकडाउन वा निषेधाज्ञा जारी गरेपनि नेपालमा कोरोना संक्रमण घट्नुको सट्टा दिनप्रतिदिन भुसको आगो जस्तै सल्किरहेको छ।  दैनिक मर्ने र संक्रमितको संख्यामा तीब्रा गतिले बढिरहेको छ।

यासैक्रममा एकैदिन २० जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् भने थप आठसय ८४ जना नयाँ संक्रमित भेटिएका छन्।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको पनि मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले भने अपरान्हको नियमित प्रेस ब्रिफिङका क्रममा १२ जनाको मृत्यु भएको भनेको छ । यसमा महोत्तरीका ३, पर्सा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको तथ्यांक जोड्न बाँकी छ ।

यसैबीच स्वाश्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेस्वर गौतमले दिएको जानकारी अनुसार,पछिल्लो २४ घण्टामा थप आठसय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार पाँचसय १६ नमुना परीक्षण गर्दा दुईसय ४२ महिला र छसय ५२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ३७ हजार तीनसय ४० पुगेको छ । उनीहरुमध्ये दुईसय ०७ जनाको मृत्यु भएको छ भने २० हजार पाँचसय ५५ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभरमा गरी १६ हजार पाँचसय ७८ संक्रिय संक्रमित छन् । उनीहरूमध्ये १० हजार एकसय ४५ संस्थागत र ६ हजार चारसय ४५ होम आइसोलेसनमा छन् ।

एकैदिन मृत्यु हुने २० जनाको विवरण 

काठमाडौं-२१ जैशीदेवल, काठमाडौंकी ५१ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । ३० साउनमा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनी उच्च रत्तचापकी विरामी थिइन् ।

काठमाडौं-३ बसुन्धरा, काठमाडौंका ८३ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा मृत्यु भएको छ । बीपी स्मृति सामुदायिक अस्पतालमा उपचारत उनलाई शुक्रबार मात्र बलम्बुमा सारिएको थियो ।

भक्तपुरकी ६२ वर्षीया कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा शनिबार मृत्यु भएको छ । उनी ८ भदौमा अस्पताल भर्ना भएकी थिइन् ।

शुक्रबार भक्तपुर अस्पतालमा मृत्यु भएका भक्तपुर-३ भक्तपुरका ८२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि अस्पताल पुगेका मधुमेहका विरामी उनलाई निमोनिया समेत भएको थियो ।

बिहीबार मृत्यु भएका ललितपुर-३२ धापाखेल, ललितपुरका ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मिर्गौला रोगबाट पीडित उनी ११ गते पाटन अस्पताल भर्ना भएका थिए र मृत्यु भएको भोलिपल्ट संक्रमण पुष्टि भएको हो ।

महालक्ष्मी-१, ललितपुरका ६१ वर्षीय पुरुषको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा मृत्यु भएको छ । मधुमेहका विरामी उनी ७ गते अस्पताल भर्ना भएका थिए र ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

भदौया-६ सिराहाका ८४ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । खोकी, ज्वरो र श्वासप्रश्वासको समस्या दिएर ६ भदौमा अस्पताल भर्ना भएका उनलाई संक्रमण भएको भोलिपल्ट पुष्टि भएको थियो ।
तानसेन-८ पाल्पाकी ३० वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर भर्ना भएका उनलाई संक्रमण भएको ७ भदौमा पुष्टि भएको थियो ।

पोखरा-१४, कास्कीका ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । भदौ ७ गते पेटको अपरेशन गरेका उनलाई १० गते कोराना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

वीरगञ्ज-२६, पर्साका ४८ वर्षीय पुरुषको वीरगञ्ज हेल्थकेयर अस्पतालमा मृत्यु भएको छ । नेशनल मेडिकल कलेजबाट रिफर भएर कोरोना विशेष अस्पतालमा आएको केही समयमै उनको मृत्यु भएको हो ।

वीरगञ्ज-१२, पर्साका ३९ वर्षीयको काठमाडौं ल्याउने क्रममा बाटैमा मृत्यु भएको छ । तराई अस्पतालमा उपचाररत उनलाई शुक्रकार वीरगञ्ज हेल्थकेयरमा ल्याइएको थियो । तर स्वास्थ्यमा सुधार नभएपछि क्रिकिटर केयरका लागि स्वास्थ्यकर्मीसहित काठमाडौं रिफर गरिएको थियो ।

वीरगञ्ज-१२, पर्साकी ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको छ । पखाला लाग्नुका साथै श्वास प्रश्वासमा समस्या भएर शक्रबार दिउँसो अस्पताल भर्ना भएकी रक्तचाप समेत निकै कम थियो ।

गोरखा नगरपालिका-१३, गोरखाका ३८ वर्षीय पुरुषको भरतपुर अस्पताल, चितवनमा शुक्रबार मृत्यु भएको छ । ६ भदौमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको १० गते पुष्टि भएको थियो ।

महोत्तरीकी ६२ वर्षीया महिलाको शनिबार दिउँसो १ः३० बजे पाटन अस्पतालमा मृत्यु भएको छ ।

पिपरा गाउँपालिका-७, महोत्तरीका ७० बर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । उनको प्रादेशिक अस्पताल, जनकपुरधाममा शुक्रबार मृत्यु भएको थियो ।

भंगहा नगरपालिका-१, महोत्तरीका ३५ बर्षीय पुरुषको मृत्युपछि संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकीका साथै सास फेर्न समस्या भएपछि उनलाई शुक्रबा र प्रादेशिक अस्पताल भर्ना भएका उनको शनिबार मृत्यु भएको थियो ।

निजगढ, बाराकी ४७ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । मिगौृला रोगबाट पीडित उनलाई डायलालसिस गर्न २७ साउनमा अस्पताल ल्याइएको थियो । त्यही क्रममा कोरोना पुष्टि भएपछि उपचार भइरहेको पथियो ।

शनिबार न्यूरो अस्पताल, बिराटनगरमा मृत्यु भएका पथरी शनिश्चरे-२, मोरङका ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ३ भदौमा अस्पताल भर्ना भएका उनको कोरोना परीक्षणका लागि बिहीबार नै स्वाब संकलन गरिएको थियो, तर शनिबार विहान मृत्यु भएका उनको दिउँसो पोजेटिभ रिपोर्ट आएको छ ।

गम्हरिया- ३, रौतहटका ३० वर्षीय पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयरमा वीरगञ्जमा मृत्यु भएको छ । भदौ ११ गते नारायणी अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि शुक्रबार कोभिड अस्पताल सारिएको थियो ।

विनयी त्रिवेणी–६, नवलपुरका ६२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा शनिबार साँझ मृत्यु भएको छ । निमोनिया भएर भदौ ४ गते अस्पताल भर्ना भएका उनको सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो र, शनिबार मात्रै कोरोना संक्रमण पुस्टि भएको थियो ।

कहाँ कति थपिए संक्रमित ?

काठमाडौं उपत्यकामा १८६ जना संंक्रमित थपिएका छन् । काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६/२६ जना, सुसनरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१/२१ जना, झापा र बाँकेका २०/२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९/ १९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३/३ जना, सप्तरी र कपिलवस्तुका २/२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया