जिल्ला प्रशासन कार्यालय कास्कीले आबश्यक सुरक्षा र सावधानी अपनाएर आगामी भदौ २० गते राती १२ बजेसम्मका लागि केही खुकुलो हुने गरी लकडाउनलाई निरन्तरता दिएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको प्रेस बिज्ञप्तिमा अति भिडभाड हुने स्थल तथा सवारी साधनहरुमा निषेधाज्ञा जारी गरेको छ।
जारी गरिएको बिज्ञप्ति अनुसार, मानिस भेला हुने ,भिडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रा महोत्सब गर्ने तथा सबै धर्म संस्कृति अनुसारको प्रबचान गर्ने र सामाजिक एबम संस्कृतक कार्यक्रमहरु गर्न बन्देज गरिएको छ भने यात्रुबाहक, सार्वजनिक सवारी साधनहरु बस माईक्रो बस संचालन गर्न रोक लगाएको छ। तर जिल्लाभर जोर बिजोर प्रणाली अनुसार ट्याक्सी तथा निजि सवारी साधनहरुलाई बिहान छ देखि राती ८ सम्म चलाउन दिइने भएको छ।
अति भिडभाड हुने शैक्षिक संस्थाहरु, सिनेमाहल, जिम हाल, रंगशाला, स्विमिङ्ग पुल, फुटशल, हेयर कटिंग सेलुन, ब्युटी पार्लर खुल्ला गर्नमा जिल्ला प्रशासन कार्यालय कास्कीले रोक लगाएको छ।
मापदण्ड बमोजिम सुरक्षा सतर्कता अपनाएर सरकारी तथा गैरसरकारी कार्यालयह, बैंक तथा वित्तीय संस्था, सहकारीहरू खुल्ला हुनेछन। कामदार तथा सेवा प्रवाहलाई सुरक्षित बनाइ सबै प्रकारका निर्माण कार्य तथा उद्योग संचालन गर्न पाइनेछ। तर होटल तथा रेस्टुरेन्ट संचालनको हकमा सोही ठाउँमा बसेर खान पिउन रोक लगाइएको छ। तर साथमा लिएर जाने प्रयोजनका लागि होटल तथा रेस्टुरेन्ट खुल्ला हुनेछ।
जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक स्थानमा निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन दुई मिटर भौतिक दुरी कायम गर्न पटक-पटक साबुन पानीले हात धुन तथा स्यानिटाइजर प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डहरु पालना गर्न पनि जिल्ला प्रशासन कार्यालय कास्कीले सम्पूर्ण जिल्लाबासी नागरिकहरुमा अनुरोध गरेको छ। यदि जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशलाई उल्लङ्घन गरेको पाइएमा संक्रामक रोग ऐन अन्तर्गत कारबाही गरिने पनि चेतावनी विज्ञप्तिमार्फत दिइएको छ।

लिएर जाने साँझ सात बजेसम्म