आश तमु, पोखरा – गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना पुष्टी भएको छ ।नवलपरासी पुर्वमा २५ र पोखरामा १ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नवलपुरको गैंडाकोट नगरपालिकाका १७, कावासोती नगरपालिकाका ७ र विनयी त्रिवेणी गाउँपालिकाका ३ जनामा पोजेटिभ देखिएको हो । सबै व्यक्तिहरु Contact tracing बाट पहिचान भएकाहरु हुन ।
यस्तै पोखरा महानगरपालिका वडा न १६ का ७६ बर्षीय पुरुषमा पोजिटिभ देखिएको हो ।पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ईमर्जेंसीमा उपचारको लागि आएका उनमा कोरोना परिक्षण गर्दा पोजिटिभ देखिएको हो ।
वहाँलाई अहिले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आईसोलेसन केन्द्रमा राखिएको छ |
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ पुगेको छ । संक्रमितमध्ये १६ सय ७२ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।