नेपालमा हालसम्म कोरोना संक्रमणबाट एक सय ७५ को मृत्यु, सङ्क्रमितको सङ्ख्या ३४ हजार चार सय १८

नेपालमा हालसम्म कोरोना संक्रमणबाट एक सय ७५ को मृत्यु, सङ्क्रमितको सङ्ख्या ३४ हजार चार सय १८


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० भाद्र २०७७
  • 3.2K
    Shares

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ भने थप आठ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ।

गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए  । प्रबक्ता डा. गौतमका अनुसार पछिल्लाे पटक मोरङ र भक्तपुरका एक/एक, कैलालीका दुई, महोत्तरीका तीन, बाँकेका एक, काठमाण्डौका एक र बाराका दुई जनाकाे ज्यान गएकाे हाे ।

गएको २४ घण्टामा थप भएका आठ सय ८५ जना संक्रमित सहित हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३४ हजार चार सय १८  पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा १३ हजार दुई सय ५३ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा आठ सय ८५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा तीन सय ८५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या १९ हजार पाँच सय चार पुगेको छ ।

अब नेपालमा १४ हजार सात सय ३९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै नाै हजार आठ सय ३२ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया