तनहुँ शुक्ला गण्डकी नगरपालिकामा १३ गते सम्म निषेधाज्ञा लागू

तनहुँ शुक्ला गण्डकी नगरपालिकामा १३ गते सम्म निषेधाज्ञा लागू


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० भाद्र २०७७
  • 3.9K
    Shares

आश तमु पोखरा – कोरोना संक्रमण सामुदाय स्तरमा देखिएको भन्दै गण्डकी प्रदेशअन्तर्गत तनहुँ शुक्ला गण्डकी नगरपालिकामा निषेधाज्ञा लागू गरिएको छ । शुक्ला गण्डकी नगरपालिकाले आज बेलुका १२ बजेदेखि लागू हुने गरी यही भदौ १३ गते बेलुका १२ बजेसम्मको लागि नगरपालिकाको सबै क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको हो ।

आज नगरपालिकाको बैठकले सो निर्णय गर्दै अति आवश्यक काम बाहेक घर बाहिर न निस्कन आग्रह गरेका छन ।

त्यस्तै, एम्बुलेन्स, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शववाहन, फोहोरमैला व्यवस्थापन गर्ने गाडी,सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त सवारीसाधनबाहेक सबै निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने  नगर प्रमुख किसान गुरुङ द्दारा हस्ताक्षरित बिज्ञप्तीमा जनाएको छ ।

निषेआज्ञा अवधिभर अत्यावश्यक सेवा ,स्वास्थ्य सरसफाई विपत व्यवस्थापन सँग सम्बन्धित सेवाहरु ,स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई भौतिक दुरी कायम गरी सञ्चालन गर्ने अौषधी र अौषधी जन्य पसल र दुध जन्य पसलहरु चल्ने छन।

प्रतिक्रिया