पाेखरा महानगरपालिकामा मंगलबार बिहान थप ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, पोखरा महानगर वडा नम्बर १३ का दुई पुरुष, वडा नम्बर २८ का एक पुरुष र वडा नम्बर २९ की एक महिलामा काेराेना संक्रमण पुष्टि भएकाे छ हो ।
वडा नम्बर १३मा संक्रमण देखिएका दुई पुरुष भारतबाट आएका र बाँकी दुई जना कोरोना संक्रमित व्यक्तिसंग सम्पर्क भएकाकारण संक्रमणमा परेको निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ। सबै संक्रमित व्यक्तिलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको प्राप्त जानकारीमा उल्लेख छ।
गण्डकी प्रदेशमा हालसम्म कोरोनाकाकारण सात जनाको मृत्यु भएको गण्डकी प्रदेशमा एक हजार आठ सय ९५ जनामा काेराेना पुष्टि भएकाे छ। त्यस मध्ये एक हजार छ सय ३९ जना निकाे भएका छन। गण्डकी प्रदेशमा निको हुने दर ८६.४९ %) रहेको निर्देशनालयले जानकारी दिएको छ।
