गण्डकी प्रदेशमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। गत असार १७ गते उपचारको क्रममा काठमाडौँमा मृत्यु भएका म्याग्दीको धवलागिरी गाउँपालिका–४ का ४७ दिनका नाबालकको मृत्यु भएको हो। उनको मृत्युका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिवेदनमा उल्लेख भए अनुसार गण्डकी प्रदेशको तथ्याङ्कमा समावेश गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ती जारी गरी जनाएको छ ।
यसअघि गण्डकीका कास्की र स्याङ्जामा दुई÷दुई तथा तनहुँ, गोरखा र बाग्लुङमा एक÷एक जना संक्रमणबाट मृत्यु भएका थिए।
त्यसैगरी आज पुनः गण्डकीमा दुई संक्रमित थपिएका छन् । पोखरा–२९ का २० वर्षीया महिला तथा नवलपरासीका ४७ वर्षीय पुरुष छन् ।
