कास्कीमा थप ४ जना कोरोना संक्रमित

कास्कीमा थप ४ जना कोरोना संक्रमित


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ भाद्र २०७७
  • 2.5K
    Shares

आश तमु पोखरा- गण्डकी प्रदेशमा कास्कीआ थप ४ जना कोरोना संक्रमित थपिएका छन । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कास्कीमा थप ४ जना कोरोना संक्रमित थपिएका हुन ।
संक्रमितहरु पोखरा महानगरपलिका भित्रका छन । संक्रमितहरु वडा न ४ र २४ मा एक एक जना र १२ का दुइ जना छन ।

सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । बुधबार बिहान १०:४५ बजे स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ति मार्फत जानकारि दिएको हो ।

प्रदेशको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ८३ पुगेको छ ।

प्रतिक्रिया