गण्डकी प्रदेशमा कास्की, पुर्वी नवलपुर र बाग्लुङ गरी थप ८ जनामा कोरोना पुष्टी

गण्डकी प्रदेशमा कास्की, पुर्वी नवलपुर र बाग्लुङ गरी थप ८ जनामा कोरोना पुष्टी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ भाद्र २०७७
  • 2.8K
    Shares

आश तमु पोखरा – गण्डकी प्रदेशमा कास्की, पुर्वी नवलपुर र बाग्लुङ गरी थप ८ जनामा कोरोना पुष्टी भएको छ ।

मंगलवार बिहान क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ८ जना संक्रमितहरु थपिएका हुन । थपिएका संक्रमितहरुमा कास्कीको पोखरा महानगरपालिका वडा नखुलेको ५०र २५ वर्षका दुई महिला रहेका छन भने वडा न ६ का २३ र २८ वर्षिय पुरुष रहेका छन ।

यस्तै नवलपुर कावासोती वडा न २ का २ जना १४ वर्षिय बालिका र ३७ वर्षिय महिला रहेका छन । बाग्लुङ बरेङका २ जनामा २५ बर्षिय महिला र ६ वर्षका बालक रहेका छन। सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जानकारी गराएको छ |

प्रतिक्रिया