नवजात शिशुको हत्या अभियोगमा कास्की रुपाका रिता मल्ल सिंह पक्राउ

नवजात शिशुको हत्या अभियोगमा कास्की रुपाका रिता मल्ल सिंह पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ भाद्र २०७७
  • 5.8K
    Shares

स्की प्रहरीले आफ्नै नवजात शिशुको हत्या अभियोगमा कास्कीको रुपा गाउँपालिका ४ खाल्टे बस्दै आएकी ३३ वर्षीया रिता मल्ल सिंहलाई पक्राउ गरेको छ ।

घटनाको ५ दिनपछि तनहुँ व्यास नगरपालिका ६ घर भई कास्कीको रुपा गाउँपालिका ४ खाल्टे बस्दै आएकी सिंहलाई प्रकाउ गर्न प्रहरी सफल भएको हो ।

इलाका प्रहरी कार्यालय डाँडाकोनाकका अनुसार साउन २७ गते दिउँसो पौने २ बजे रुपा ३ स्थित टाकान्जामा नवजात शिशुको शव फेला परेको र शव फेला परे लगत्तै अनुसन्धान थाले पछी अभियुक्तलाई टोलीले साउन ३२ गते मात्र पक्राउ गरेको बताए ।

पक्राउ परेकी सिंह विरुद्ध ज्यानसम्बन्धी कसुर अन्तर्गत मुद्दामा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया