स्याङ्जा – चितुवाको आक्रमणमा परी वालिङ नगरपालिका–११ स्वरेक टापुका ६७ वर्षीय खगेश्वर पंगेनी घाइते भएका भएका छन् । आफनै घरको आँगनमा बसेको अवस्थामा पंगेनीलाई आइतबार राति चितुवाले आक्रमण गरेको बताइएको छ। गोठमा रहेको भैैंसी ब्याएकाले उन आँगनमा कुरेर बसेका बेला राति २ बजो चितुवाको आक्रमणमा परेका प्रहरीले जनाएको छ।
घाइते पंगेनीको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा उपचारपछि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार उनको टाउको र दुवै हातमा घाउचोट लागेको छ ।