पर्सा पोखरिया नगरपालिकाका मेयरसहित परिवारका १४ जनामा कोरोना

पर्सा पोखरिया नगरपालिकाका मेयरसहित परिवारका १४ जनामा कोरोना


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ भाद्र २०७७
  • 3.2K
    Shares

पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियार र उनको परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नगरपालिकाका एक वडाध्यक्षमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा मेयर र उनको परिवारका सदस्यहरुमा पनि कोरोना पोजेटिभ देखिएको हो। मेयर रौनियारसँग निकट सम्बन्ध रहेका अन्य १० जनामा पनि संक्रमण देखिएको पोखरिया अस्पतालले जनाएको छ।

पोखरियाका ३३ जनामा कोरोना पुष्टि भएको छ। पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए।

पर्सामा गएराति थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। तीमध्ये ३८ जना वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन्।

त्यस्तै जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ।

साउनमा मात्र पर्सा जिल्लामा १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्।

प्रतिक्रिया