नेकपा निकट विधार्थी संगठन अनेराश्ववियु कास्कीले पोखरा महानगरभित्र १३ करोडको हिसाव माग्दै मौन विरोध प्रर्दशन गरेको छ । विद्यार्थीले महानगरको गेटदेखि माथि कार्यालयमा ढोकासम्म झाडु लगाउँदै १३ करोड कहाँ छ भन्दै प्रदर्शन गरेका हुन् ।
महालेखापरीक्षकको प्रतिवेदनले २०७५०७६ मा पोखरा महानगरपालिकाको १३ करोड रुपैयाँ तलमाथि भएको रिपोर्ट निकालेको छ । राजश्व शाखाको तथ्यांक र बैंकमा जम्मा भएको रकमबीच १३ करोडको फरक छ । मुक्तिनाथ विकास बैंकबाट त्यस वर्ष १ अर्ब २६ करोड रुपैयाँ राष्ट्रिय बाणिज्य बैंकको सञ्चित खातामा जम्मा भएको छ । तर राजश्व शाखाको तथ्यांकले १ अर्ब ३९ करोड राजश्व उठेको देखाउँछ । त्यसो भए बाँकी १३ करोड खै त ? मलेपको प्रतिवेदन सहितको समाचार संचारमाध्यममा आएपछि पोखराका युवाहरुले तलमाथि भएको १३ करोडको हिसाब खोजेका छन् ।
‘जागौं पोखरा अभियान’ का सहभागीहरुले ‘१३ करोड खै मेयरसाव’ लेखिएको प्लेकार्ड लिएर महानगरमा प्रदर्शन गरेका थिए ।मानहादुर जिसीले १३ करोड नभई १ करोड ७३ लाख रुपैयाँ मात्रै तलमाथि भएको दाबी गरेका छन् । तर उनले भनेजस्तो ११ करोड रुपैयाँ पनि राजश्व खातामा जम्मा नभएको राजश्व शाखाकै कर्मचारीहरु बताउँछन् ।