पार्टीको महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि विभाग गठन गरेको भन्दै आपत्ती जनाउदै आएका नेता रामचन्द्र पौडेलले सभापतिलाई बिधान मिच्ने बानी नै परेको बताएका छन ।
बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पौडेलले देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गरेका छन । ‘हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई पटक-पटक ध्यानाकर्षण गर्दै आयौं । तर, नेपाली कांग्रेसभित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ की ? विधान मैले जति मिच्न सके म त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छजस्तो मलाई लाग्छ । त्यसले यो पार्टी डेमोक्रयाटिक पार्टी नै हो की होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हो ।’

उनले भने, ‘हाम्रो सभापति मैले जे गरे पनि हुन्छ भन्ने सोच्नुहुन्छ । मलाई सम्झना छ यो देशमा कानून तोड्यो भने गृहमन्त्रीले तोड्छ म गृहमन्त्री भएको हुनाले मैले हो तोड्ने कानून भनेर धाक लगाएर हिँडनुहुन्थ्यो एकताका । उहाँलाई जे बोले पनि सबैले हाँसेर लिइदिन्थे । अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ । उहाँको यो बहादुरीले कांग्रेसलाई क्षति पुर्यायो । यसले लोकतन्त्रलाई अत्यन्त ठूलो घात गर्यो, क्षति पुर्यायो र घायल बनायो ।’
पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्न सक्छ भन्दै आफूले ३ वर्ष अघिदेखि कार्यतालिका बनाएर काम गरौं भनेको तर सभापति देउवाले नमानेको पौडेलले बताए । महाधिवेशन गर्ने समयमा असाधारण स्थिति भयो भन्दै पछाडि धकेलेको र अहिलेको असाधारण अवस्थामा गर्न लागिएको महाधिवेशनमा विधान मिच्दै महाधिवेशनलाई प्रभाव पार्न खोजेको आरोप उनले लगाए ।
चार वर्षमा महाधिवेशन गर्न नसक्ने सभापति अहिले कामचलाउ मात्रै भएकाले कुनै पनि निर्णय एक्लै गर्न नसक्ने पौडेलले बताए । उनले भने, ‘अहिले उहाँलाई धमाधम मान्छे नियुक्त गर्नुछ । कार्यकालै सकिइसकेको कामचलाउ कार्यसमितिले यो गर्न मिल्छ ? यो कुरा हामी भनिरहेका छौं कि यसरी विधानको धज्जी नउडाऔं । लोकतान्त्रिक मूल्य मान्यताको धज्जी नउडाऔं ।’
फागुन ७ गतेका लागि मिति तोकेर महाधिवेशनको तयारी सुरु भएकोले अहिले देखि नै आचारसंहिता सबैलाई लाग्ने पनि उनले बताए । ‘महाधिवेशनमा हामी प्रवेश गरिसकेका छौं । यसलाई क्रियाशीलको अनि वडाको मात्र होइन केन्द्रीय महाधिवेशनको उद्घाटन नभइकन लागू हुँदैन भन्लान् । यो त फेरि जाली कुरा हो नि ! यस्तो गरेर पार्टीको वैधानिक मर्यादामाथि आँच पुर्याउन पाइन्छ ?’
पार्टीमा विधान मिचेको विषयलाई गम्भीरतापूर्वक उठाउने र महाधिवेशनबाट सभापति देउवाको विकल्प खोज्ने पौडेलले बताए ।
पौडेलले पार्टीको सभापति आफै नै हुनुपर्छ भन्ने दावी नगरेको समेत स्पस्ट पारे । उमेरको मात्रै भरमा एउटै क्याटगोरीमा नराख्न पनि उनले आग्रह गरे । ‘कसले पार्टीको हित हुने कति काम गरेको छ, अहित हुने कति काम गरेको छ त्यो हेर्नुपर्यो । मौका पाउँदा कसले सत्ताको कति दुरुपयोग गरेको छ कसले गरेको छैन त्यो पनि हेर्नु पर्यो,’ पौडेलले भने, ‘समाज र पार्टीले पनि न्याय गर्नुपर्यो ।’
ई कान्तिपुरबाट साभार