पोखराको महेन्द्रपुल, मेडिकल लाइनमा अत्याधुनिक र सुविधासम्पन्न रुपमा खुलेको अन्नपूर्ण सिटी क्लिनिकले गण्डकी प्रदेशमा नै पहिलो पटक बाथरोग विशेषज्ञसहितको उपचार सुबिधा शुरु गरेको छ।
क्लिनिकका संचालक ठाकुरप्रसाद पन्तका अनुसार, त्यस क्लिनिकमा बाथरोग तथा प्रतिरक्षा विशेषज्ञ डा रामकृष्ण गिरीले दैनिक बिहानदेखि बेलुकैसम्मै बाथरोग सम्बन्धि सेवा दिएका छन् । डा. गिरी नेपालमै बाथरोग तथा प्रतिरक्षा विशेषज्ञता सम्बन्धि दुई वर्षीय फेलोशिप कोर्स गरेका एक मात्र डाक्टर हुन्।

त्यस्तै त्यस क्लिनिकमा वरिष्ठ फिजिसियन डा मानबहादुर गुरुङ, वरिष्ठ न्युरो सर्जन डा सुरेश सापकोटा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा जूनु श्रेष्ठ, वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा सौजन सुवेदी, वरिष्ठ नाक, काँन, घाँटी रोग विशेषज्ञ आकाशमणि भण्डारी, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा झपिन्द्र पोखरेल, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विशालमणि पौडेलले पनि दैनिक बिहान र बेलुका क्लिनिकमा बिरामीलाई सेवा दिनेछन्।
क्लिनिकका अध्यक्ष गीता कार्कीले दिएको जानकारी अनुसार, अन्नपूर्ण सिटी क्लिनिकमा फिजियोरापिस्ट डा अजित पाण्डे, रेडियोलोजिस्ट डा सान्त्वना पराजुली, डाइटिसियन विद्या शर्माले पनि सेवा दिनेछन् । अध्यक्ष कार्कीले पर्याप्त पार्किङ, लिफ्टको सुविधा भएको भवनमा अत्याधुनिक स्वचालित मेसिनबाट सञ्चालित ल्याब, डिजिटल एक्सरे, इको, अल्ट्रासाउन्ड, इसिजी, फिजियोथेरापी, फार्मेसी जस्ता सेवासमेत उपलब्ध रहेको जानकारी दिइन्।
क्लिनिकले बिहान ७ देखि बेलुकी ७ बजेसम्म विशेषज्ञ सुविधा उपलब्ध गराएको छ । यसलाई बिरामी भइसकेपछि डाक्टरकहाँ जानुभन्दा बिरामी हुनुभन्दा पहिले नै परीक्षण गर्न जाने खालको क्लिनिकका रुपमा विकास गरिने क्लिनिकका सञ्चालक ठाकुरप्रसाद पन्तले सुनाए । उनले भने, ‘यो गण्डकी प्रदेशकै पहिलो वेलनेस क्लिनिक हो । आवश्यक सबै खालका पूर्वाधार छन् । सबै सुविधा भए पनि अन्य क्लिनिकभन्दा महंगो छैन।’