कोरोना महामारीले त्रास फैलाएको बीरगंजस्थित गण्डक कोरोना अस्पतालमा कोरोना संक्रमित ३१ वर्षीया एक महिलाले स्वस्थ्य छोरी जन्माएकी छिन।
वीरगञ्ज महानगरपालिका वडा नम्बर–१ निवासी ३१ वर्षीया ती महिलाले आज बिहान ४ बजेर १० मिनेटमा नर्मल डेलिभरीमार्फत छोरी जन्माएकी हुन्। अहिले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निरज सिंहले जानकारी दिए ।
ब्यापक कोशिश्का बीच एम्बुलेन्स खोज्दा एम्बुलेन्स उपलब्ध हुन् नसकेपछि सुत्केरी व्यथाले छटपटाईरहेकी ती महिलालाई प्रहरीको गाडीमा राखेर उपचारका लागि गण्डक कोरोना अस्पताल पुर्याइएको थियो ।
नारायणी अस्पतालमा नियमित प्रसुती जाँच गराउँदै आएकी उनलाई ज्वरो आइरहेको थियो । अस्पतालले ज्वरोको औषधि दिएर पठाएको थियो । ज्वरो कम नभएपछि साउन १४ गते उनी वीरगञ्जकै एक निजी अस्पतालमा गइन् । ज्वरो छ भनेपछि अस्पतालले पीसीआर जाँच गराएर मात्रै उपचारका लागि आउन भन्यो । त्यसको भोलिपल्ट १५ गते शुल्क तिरेर पीसीआर परीक्षण गराएकी उनको साउन १६ गते पोजेटिभ रिर्पोट आयो ।