जगदम्बा इन्टरप्राइजेजका प्रमुखको कोरोना संक्रमणबाट मृत्यु, पर्सामा मात्र कोरोनाले हालसम्म नौ जनाको ज्यान लियो

जगदम्बा इन्टरप्राइजेजका प्रमुखको कोरोना संक्रमणबाट मृत्यु, पर्सामा मात्र कोरोनाले हालसम्म नौ जनाको ज्यान लियो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ साउन २०७७
  • 4.3K
    Shares

कोरोना संक्रमणबाट वीरगञ्जस्थित जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृतको मृत्यु भएको छ। भारत घर भएका ५६ वर्षीय ती पुरुषको गएराति निधन भएको हो।

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार, मुटुको रोगी रहेका उनको मुटुको बाइपास सर्जरी भएको थियो।  उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो र त्यही उपचार हुँदाहुँदै गएराति ११ बजे उनको निधन भएको थियो।

उनीसंगै हालसम्म वीरगञ्जमा नौजान्को कोरोना संक्रमणबाट मृत्यु भएको छ।  बिहीबार मात्रै पर्सामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो । यसअघि बाराका २, रौतहटका १ र १ जना बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया