पोखरा महानगरमा थप पाँचसहित गण्डकी प्रदेशमा थप २४ जनामा काेराेना संक्रमण पुष्टि, हालसम्म तीनसय ४८ संक्रमित

पोखरा महानगरमा थप पाँचसहित गण्डकी प्रदेशमा थप २४ जनामा काेराेना संक्रमण पुष्टि, हालसम्म तीनसय ४८ संक्रमित


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ असार २०७७
  • 3.4K
    Shares

पाेखरामा ५ सहित शुक्रबार बिहान गण्डकीमा २४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन सय ४८ पुगेको छ |

शुक्रबार बिहान थपिएका संक्रमण देखिनेमा नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाका २, बागलुङको गलकोट नगरपालिकाका ८, काठखोला गाउँपालिकाका ६, कास्कीको पोखरा महानगरपालिकाका ५ र रुपा गाउँपालिकाका १ तथा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १ जना छन् । स्याङ्जाका अर्का संक्रमितको भने ठेगाना खुलेको छैन ।

आज थपिने संक्रमितमा २० पुरुष र ४ महिला रहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिएका सबैजना भारतबाट फर्किएको र सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा छन् । सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

शुक्रबार बिहानसम्म प्रदेशभर २२ जना निकाे भएर घर फर्केका छन् भने १ जनाकाे मृत्यु भएकाे छ । स्याड्जा आधिखाेलाका १ युवा क्वारेन्टाइनबाट भागेकाेमा बिहीबार मात्र काेराेना पुष्टि भएकाे छ । उनी अझै सम्पर्कमा आएका छैनन् ।

गण्डकी प्रदेशमा हाल २ वटा पिसिआर मेसिनबाट परीक्षण भइरहेको छ । यहाँको सरकार अर्को एक मेसिन किन्ने तयारीमा छ । पिसिआर संकलन गरेको १ सातासम्म पनि रिपोर्ट नआएपछि क्वारेन्टाइनमा बसेकाहरु अत्तालिन थालेपछि गण्डकीमा परीक्षणलाई तीब्रता दिएको बताए पनि नतिजा आउन ढिलाइ भइरहेको छ ।

ल्याबमा कर्मचारी अभाव भएपछि जिल्लाहरुबाट बोलाएर छोटो अवधिको तालिम दिएर काममा लगाइएको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।

प्रतिक्रिया