चीनसंगको भिडन्तमा लद्दाखमा एक उच्च अधिकारीसहित २० सैनिक मारिएपछि भारतद्वारा युद्ध बिरामको घोषणा

चीनसंगको भिडन्तमा लद्दाखमा एक उच्च अधिकारीसहित २० सैनिक मारिएपछि भारतद्वारा युद्ध बिरामको घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ असार २०७७
  • 7.1K
    Shares

बिबादित भुमि लद्दाखस्थित देश बिचको नियन्त्रण रेखा पार गरेर चिनियाँ सेनामाथि आक्रमण गर्न पुगेको भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जना मारिएपछि भारतले एकतर्फी युद्ध बिराम गरेको छ।

भारतीय सेनाले मंगलबार राती एक प्रेस बक्तब्य जारी गर्दै लद्दाखमा भएको भिडन्तमा एक  सैनिक कर्नेलसहित २० जना भारतीय सैनिक मारिएको पुस्टि गरेको छ।

भारतीय र चिनियाँ सैनिकहरूबीच १५\१६ जुनको रात भएको गलवान इलाकामा सङ्घर्ष विराम भएको  कुरा उल्लेख गर्दै भारतीय सेनाको प्रेस वक्तव्यमा, “भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको” उल्लेख गरेको छ।

भारत र चीनका सैनिकबीच लदाखको गलवान उपत्यकामा  भएको भिडन्तमा भारतीय सैनिक १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबू, हवलदार पालानी र सिपाही कुन्दन झा लगायतको मृत्यु भएको छ।

चीनको तर्फबाट भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तमा आफ्ना कति सैनिक हताहत भए भन्नेबारे कुनै विवरण सार्वजनिक भएको छैन। तर भारतीय सेनाले चिनियाँ सैनिकहरू पनि हताहत भएको दाबी गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकले सीमा नाघेर ‘चिनियाँ सैनिकलाई आक्रमण गरेकाकारण दुई पक्षका सीमा सुरक्षा बलबीच गम्भीर शारीरिक सङ्घर्ष भएको’ बताएको समाचारमा जनाइएको छ। भारतीय पक्षले यो घटनामा गोली नचलेको दाबी गरेको छ। केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार पिपुल्स लिबरेसन आर्मी (पीएलए)को पश्चिम कामाण्डका प्रवक्ता चाङ्ग शुईलीले विज्ञप्ति जारी गर्दै भारतलाई आफ्ना सैनिकलाई रोक्न र विवाद समाधानका लागि वार्ताको बाटो अपनाउन भनेका छन् ।

चाङ्गले भनेका छन्, ‘भारतीय सैनिकले आफ्नो वाचा उल्लंघन गरेको छ र एकपटक फेरि नियन्त्रण रेखा पार गरेको छ । जानीबुझी चिनियाँ सेनालाई उक्साएर आक्रमण गरेको छ । जसका कारण दुवै पक्षबीच झडप भयो र यही नै हताहतीको कारण बन्यो । म माग गर्दछु भारतले आफ्ना सैनिकलाई कडाइका साथ रोकोस् र वार्तामार्फत् विवादलाई सुल्झाइयोस् ।’

चिनिया सेनाको यस्तो अपिल आउनासाथ आफ्ना २० जना सैनिक मारिएको भारतीय सेनाले एकतर्फी युद्ध बिराम गरी आफ्ना सेनालाई पछाडी हटाएको छ।  भारतीय सेनाले दुवै देशका वरिष्ठ सैनिक अधिकारी तनाव कम गर्ने विषयमा वार्ता गर्न लागेको पनि उल्लेख गरेको छ ।

सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो । तर सोमबार राति गोली हानाहान भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार पूर्वी लद्दाखमा भारत र चीनको सीमा अर्थात् लाइन अफ एक्चुअल कन्ट्रोलमा सोमबार दुवै देशबीच हिंसात्मक झडप भएपछि रक्षामन्त्री राजनाथ सिंहले मंगलबार आर्मी प्रमुखसहित समीक्षा बैठक आयोजना गरेका थिए ।

प्रतिक्रिया