सरिता गिरीको घरमा कालोझण्डा राखेको आरोपमा सामाजिक अभियन्ता थापा पक्राउ

सरिता गिरीको घरमा कालोझण्डा राखेको आरोपमा सामाजिक अभियन्ता थापा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० जेष्ठ २०७७
  • 4.7K
    Shares

हेमराज थापा

लिम्पियाधुरा नेपालको हो  भन्ने म मान्दिन” भनेर राष्ट्रविरोधी अभिव्यक्ति दिने समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा ढुंगामुढा गरेको र कालो झण्डा राखेको आरोपमा सामाजिक अभियन्ता हेमराज थापालाई प्रहरीले  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाजुराका २८ वर्षीय थापालाई काठमाण्डौको न्यूरोडबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।  । थापा सोही पार्टीका विद्यार्थी नेता पनि हुन् ।

उनलाई  टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाण्डौको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

गिरीको विशालनगरस्थित घरमा मंगलबार उनीहरुले तोडफोड र कालोझण्डा देखाएका थिए । त्यसपछि असुरक्षित भएको भन्दै गिरीले प्रहरीलाई खबर गरेकी थिइन् ।

सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेपछि निशान छापमा पनि सो अद्यावधिक नक्शा राख्नका लागि सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक प्रतिनिधिसभामा विचाराधीन छ ।

तर, सांसद सरिता गिरीले स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी छन् । यस विषयलाई लिएर  चौतर्फी आलोचना भएको छ ।

प्रतिक्रिया