जर्ज फ्लोइडको हत्या गर्ने प्रहरी अधिकारीकी पत्नीले मागिन् डिभोर्स 

जर्ज फ्लोइडको हत्या गर्ने प्रहरी अधिकारीकी पत्नीले मागिन् डिभोर्स 


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 4.5K
    Shares

अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोइडको हत्याको विरोधमा प्रदर्शन जारी रहेको छ । लगातार एक सातादेखि जारी प्रदर्शन अझै रोकिने संकेत देखिएको छैन ।

यसैक्रममा अश्वेत जर्ज फ्लोइडको हत्या गर्ने प्रहरी अधिकारी डेरेक चौभिनकी पत्नी केलीले उनीविरुद्ध सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेकी छन् ।

सीएनएनका अनुसार जर्जको हत्या २५ मेमा भएको हाृ केलीले २८ मेमा एक ल फर्ममार्फत डेरेकविरुद्ध सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेकी हुन् ।

केलीले आफैं सञ्चारमाध्यमसँग कुराकानी गरेकी छैनन् । तर, ल फर्मले सो जानकारी दिएको हो । ल फर्मले जर्जको हत्या भएकोमा केली अत्यन्तै दुःखी भएको र यसबाट आफू टुटेको महसुस गरेको बताएको जनाएको छ । केलीले डेरेकसँग सम्बन्ध बिच्छेद गर्दा कुनै सम्पत्ति नलिने पनि स्पष्ट पारेकी छन् ।

प्रतिक्रिया