आफ्नै कार्यकक्षमा ढलेका महानगरी प्रहरी प्रभाग लुभुका इञ्चार्ज टेकबहादुर माझीको मृत्यु

आफ्नै कार्यकक्षमा ढलेका महानगरी प्रहरी प्रभाग लुभुका इञ्चार्ज टेकबहादुर माझीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ जेष्ठ २०७७
  • 3.8K
    Shares

टेकबहादुर माझी

आफ्नै कार्यकक्षमा ढलेर रगत वान्ता गरेका महानगरी प्रहरी प्रभाग लुभुका इञ्चार्ज टेकबहादुर माझीको मृत्यु भएको छ । हिजो अपरान्ह कार्यकक्षमै ढलेका उनलाई आकस्मिक रुपमा अल्का अस्पताल लगिएकोमा त्यही अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी तुलबहादुर कार्कीले जानकारी दिए

माझी दुई महिना अघि मात्र लुभुमा इञ्चार्जका रुपमा पठाइएका थिए । उनी क्षमतावान प्रहरीका रुपमा परिचित थिए । कार्यक्षेत्रमा निकै खटिने र इमान्दार प्रहरी भएकाले ललितपुरका इञ्चार्ज एसएसपी टेकबहादुर राईले खटाएका थिए ।

प्रतिक्रिया