कश्मीरमा जासुसीका लागि भारतले प्रयोग गरेको ड्रोन पाकिस्तानले खसाल्यो

कश्मीरमा जासुसीका लागि भारतले प्रयोग गरेको ड्रोन पाकिस्तानले खसाल्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ जेष्ठ २०७७
  • 4.4K
    Shares

जासूसीका लागि भारतले पाकिस्तानी सिमा क्षेत्र कश्मीरको आकाशमा उडाएको ड्रोनलाई   पाकिस्तानले खसालिदिएको छ ।

सानो आकारको उक्त ड्रोन बुधबार विवादित हिमाली क्षेत्रको आकाशमा उडेको थियो । पाकिस्तानी सेनाले विज्ञप्ति निकाल्दै राखचिक्री सीमा क्षेत्रमा ड्रोन खसालेको जनाएको छ । त्यस क्षेत्र कश्मीरको प्रवेशद्वार मानिन्छ ।

भारतीय पक्षबाट भने यसबारे केही प्रतिक्रिया आएको छैन । भारत र पाकिस्तान दुबै देशले कश्मीरको यस भूभागलाई आफ्नो दावी गर्दैआएका छन् । गत वर्षको अगष्टदेखि भारत र पाकिस्तानबीच यस क्षेत्रमा थप तनाब बढेको छ ।

अघिल्लो साता मात्रै पाकिस्तानले जासूसीका लागि परेवा पठाएको भन्दै उक्त तालिम प्राप्त परेवालाई भारतीय सुरक्षाकर्मीले नियन्त्रण गरेका थिए । कश्मीरकै विषयलाई लिएर पाकिस्तान र भारतले १९४७ पछि दुई वटा युद्ध लडिसकेका छन् ।

प्रतिक्रिया