बिद्रोही ने.क.पा.की पुर्व केन्द्रिय सदस्य बन्दनाको निधन

बिद्रोही ने.क.पा.की पुर्व केन्द्रिय सदस्य बन्दनाको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ जेष्ठ २०७७
  • 5.6K
    Shares

सबिता सिंह ‘बन्दना’

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी पूर्व केन्द्रीय सदस्य सबिता सिंह ‘बन्दना’को निधन भएको छ । उनको सोमबार साँझ भारतकी दिल्लीमा निधन भएको हो।

पार्टी निकट अखिल नेपाल किसान संघ क्रान्तिकारीकाे पूर्वकेन्द्रीय अध्यक्ष बनिसकेकी नेत्री लामो समयदेखि बाथ रोगबाट पीडित रहेकी थिइन्।

जाजरकोट स्थायी घर भएकी बन्दना सानै उमेरमा जनयुद्धमा सामेल भएकी थिइन् । जनयुद्धमा महिला नेतृकी रुपमा विभिन्‍न जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

विद्रोही स्वाभावकी बन्दना महिला तथा वर्गीय मुक्तिको हरेक मोर्चामा सफल‍ हुँदै आएकी थिइन् । सविताका बुवाले पनि जनयुद्धकै क्रममा सहादत प्राप्त गरेका थिए।

जनयुद्धकै क्रममा रामलाल विश्‍वकर्मासँग जनवादी विवाह गरेकी उनका श्रीमान् राष्ट्रिय दलित आयाेगका पूर्वअध्यक्ष बनेर काम गरिसकेका छन् भने बिद्रोही ने.क.पा. निकट दलित मुक्ति मोर्चा नेपालको वर्तमान महासचिव हुन् । उनको एक छोरा रहेका छन्।

यसैबीच बिद्रोही ने.क.पा.को केन्द्रिय सदस्य एबम सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनले सामाजिक संजालमा एक स्टाटस राख्दै नेत्री बन्दनाप्रती हार्दिक श्रद्धान्जली प्रकट गरेका छन्।  उनले आफ्नो फेसबुक स्टाटसमा बन्दनाको निधनको खबरले निकै दुखित र मर्माहत बनाएको उल्लेख गर्दै नेत्री बन्दनाको निधनले पार्टी र नेपालको क्रान्तिकारी आन्दोलनलाई निकै ठुलो क्षति भएको उल्लेख गरेका छन्  ।

प्रतिक्रिया