जातीय विभेद गरेको आरोपमा पक्राउ परेका तीन जना जिल्ला अदालत कास्कीले तोकेको धरौटी तिरेर आज रिहा भएका छन्।
पोखरा -१६ वाटुलेचौरका राम जिसी, जनक थापा र देववहादुर थापा जिल्ला अदालत कास्कीले तोकेको जनही एक लाख ७० हजार रुपयाँ धरौटी राखेर बुधबार रिहा भएका हुन्।
जातिय विभेदको अभियोगमा पक्राउ परेका उनीहरुलाई बुधबार जिल्ला अदालत कास्कीले जनही १ लाख ७० हजार रुपयाँ धरौटी राखेर रिहा गर्न आदेश दिएको थियो ।
जिल्ला अदालत कास्कीका तहसिलदार हरिश्चन्द्र गौत्तमका अनुसार, सार्वजनिक जग्गामा वनेको किरियापुत्री भवन प्रयोग गर्न वाटुलेचौरका मोहन सुनारले चावी माग्दा नदिएपछि पीडितले आफुमाथि जातिय विभेद भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । पीडितको जाहेरीका आधारमा अभियुक्तहरुलाई गत २३ गते पक्राउ गरेको थियो ।
जातिय विभेद तथा छुवाछुत कसुर मुद्धामा पीडितकातर्फवाट अधिवक्ता शिववहादुर सुनार, विनिता नेपाली र वेदनाथ भण्ढारीले वहस गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिधवक्ता गुरुप्रसाद वाग्ले र सहन्यायाधिवक्ता महेन्द्रप्रसाद अधिकारीले वहस गरेका थिए । विपक्षीकातर्फवाट वरिष्ठ अधिवक्ता कृष्णवहादुर गुरुङ्ग, शालिग्राम भट्टराईले वहस गरेका थिए ।
वैदेशिक रोजगारीमा रहेका भाइ समरको उतै निमोनियावाट मृत्यु भएको थियो। मोहनले भ्हाइको क्रितिया बस्ने पर्योजनका लागि सार्वजनिक किरियापुत्री भवनको चाबी मागेको र भतिज मनोजलाई जातीयताका आधारमा चाबी नदिएको भन्दै भाव गदै प्रयोगवाट बन्चित गरिएपछि
सार्वजनिक जग्गामा पोखरा महानगरपालिका कार्यालय, वडा कार्यालय १६ को लगानीमा स्थानीय क्षेत्री समुदायले वनाएको भवन केहि व्यक्तिले मोहनको परिवारलाई दिन नहुने भन्दै विरोध जनाएर वन्चित गरेपछि घटनाले चर्को वहस र विवाद सिर्जना गरेको थियो ।