भारतले एकतर्फी रुपमा नेपालीभूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने बाटो बनाएको विरोधमा काठमाण्डौमा प्रदर्शन, ३६ जना पक्राउ

भारतले एकतर्फी रुपमा नेपालीभूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने बाटो बनाएको विरोधमा काठमाण्डौमा प्रदर्शन, ३६ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ बैशाख २०७७
  • 3K
    Shares

भारतले एकतर्फी रुपमा दार्चुलाको लिपुलेक हुँदै मानसरोवर जोड्ने बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका सत्तारुढ नेकपा निकट विद्यार्थीसहित ३६ जनालाई प्रहरीले काठमाडौंको माइतीघरबाट नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले उनीहरुलाई  नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले ३माइतीघर-बबरमहल क्षेत्रबाट १२, लैनचोर क्षेत्रबाट १६, डिल्लीबजारबाट ३ र कालीमाटीबाट ५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । त्यसमध्ये मोहन वैद्य नेतृत्वको पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी ५ जना र बाँकी सत्तारुढ नेकपा निकटका विद्यार्थी नेता तथा कार्यकर्ता रहेका छन् ।

नियन्त्रणमा लिएका उनीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ । भारतीय दूतावास अगाडि समेत प्रदर्शन हुने आशंकामा प्रहरीले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग शुक्रबारबाट सञ्‍चालनमा ल्याएको हो । नेपाली पक्षसँग कुनै सल्लाह नगरी एकतर्फी रूपमा निर्माण गरिएको उक्त सडक शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार