करीब आठ महिना लामो प्रहरी हिरासत र जेल बसाईपछी बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन बर्दिया जिल्ला ईन्चार्ज मिना चलाउने बुुुधबार कपिलवस्तुबाट रिहा भएकी छिन । गएको भदौ २६ गते बर्दियाबाट गिरफ्तार भएकी नेतृ चलाउनेलाई सर्बोच्च अदालतको आदेशपछि कपिलवस्तुबाट रिहा गरिएको हो।
सोही पार्टीकी केन्द्रीय सदस्य एबम अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रिय अध्यक्ष बन्धु चन्द पनि सर्बोच्च अदालतको आदेशपछि कपिलबस्तुबाट नै सोमबार छुतेकी थिइन। करीब १४ महिना लामो हिरासत र जेल बसाइपछि उनलाई पनि सर्बोच्च अदालतको आदेशपछि प्रहरीले छाडेको थियो।