नेपाली भुमि छिरेर भारतीय सिमा सुरक्षा बलका जवानले नेपाली किसान कुटेपछि स्थानीय जनताद्वारा प्रतिकार, छ नेपाली घाइते

नेपाली भुमि छिरेर भारतीय सिमा सुरक्षा बलका जवानले नेपाली किसान कुटेपछि स्थानीय जनताद्वारा प्रतिकार, छ नेपाली घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ बैशाख २०७७
  • 3.8K
    Shares

एसएसबीको दादागिरी

नेपाली भूमिमा प्रवेश गरेर कुटपिट गर्ने भारतीय सिमा सुरक्षा बल (एसएसबी)का जवानहरुको नेपालीले प्रतिकार गरेका छन्।  आफ्नो खेतमा गएका बाराको बिश्रामपुर गाउँपालिका वडा नं. ४ बलिरामपुरका छोटेलाल साहलाई एसएसबीका जवानहरुले नेपालीभुमिमा प्रवेश गरेर कुटपिट गर्न थालेपछि स्थानीय बासिन्दाले प्रतिकार गरेका थिए।

एसएसबीका जवानहरुको प्रतिकारका क्रममा लिरामपुरका अशोक कुमार साह, कमलेश शर्मा, हिरालाल शर्मा, दीपक शर्मा, छोटेलाल साह, मदन साह लगायत घाइते छन् । अशोकको टाउकोमा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको वडा अध्यक्ष मदन प्रसाद यादवले जानकारी दिए ।

सीमा क्षेत्रमा रहेको आफ्नो १५ कट्ठा जग्गामा पुगेका स्थानीय छोटेलाल साहलाई एसएसबीका जवानहरुले खेतमै रहेको अवस्थामा कुटपीट गरेको थिए।  आफ्नो छिमेकी कुटिएको देखेपछि स्थानिय बासिन्दाले जम्मा भएर एसएसबीका जवानहरुको प्रतिकार गरेका थिए।  त्यसपछि  दुवैतिरबाट सर्वसाधारण झडपमा उत्रिएका थिए।

एसएसबीविरुद्ध नेपालीहरु जाइलागेपछि भारतीय पनि लाठी भाटा लिएर आएपछि स्थिति तनावपूर्ण बनेको थियो । पछि दुवै तर्फका सुरक्षाकर्मीले स्थानीयलाई सम्झाइबुझाइ गरेर स्थिति सामान्य पारेका थिए । अहिले स्थिति सामान्य भैसकेको छ।

प्रतिक्रिया