देश लुटेको आरोप लागेका अग्रवाल तारेखमा, जनताको पक्षमा लड्ने बिप्लवका भतिज फेरी प्रहरी हिरासतमा

देश लुटेको आरोप लागेका अग्रवाल तारेखमा, जनताको पक्षमा लड्ने बिप्लवका भतिज फेरी प्रहरी हिरासतमा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ बैशाख २०७७
  • 3.6K
    Shares

कोरोना भाइरस फैलिन नसक्ने भयकाकारण जेल जीवन बिताइरहेका बन्दीहरुलाई सरकारले रिहा  गरिरहेको छ।  कालो धन्दा गरेर देश लुटेको आरोप लागेका अम्बिका ग्रुपका शुलभ अग्रवाललाई सम्पत्ति सुद्धिकरण आयोगले कोरोना संक्रमण सकिएपछि छानबिन गर्ने गरी तारेखमा घर पठाएको छ।  तर देश र जनताको पक्षमा लडिरहेको दाबी गरिरहेको बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई भने सरकारले सर्बोच्च अदालतको आदेश समेतलाई लत्याउदै पटक-पटक गिरफ्तार गरिरहेको छ।

यसैक्रममा सर्वोच्च अदालतको आदेशमा जिल्ला अदालतबाट थुनामुक्त भएका नेत्रविक्रम चन्द विप्लवका भतिजा दिलीप चन्दलाई नवलपरासी प्रहरीले सोमबार फेरी अदालत परिसरबाटै गिरफ्तार गरेको छ। बन्दीप्रत्यक्षीकरण निवेदनका आधारमा सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न जिल्ला अदालतलाई आदेश दिएको थियो।

सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्दै नेपाल बार एशोसियशनका प्रतिनिधिको रोहबरमा दिलीपलाई थुनामुक्त गरे लगत्तै जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेका हुन् । हाल जिल्ला प्रहरी कार्यालय चितवन लगिएका कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका ३२ वर्षीय दिलीप ने.क.पा. महासचिव नेत्रविक्रम चन्दका दाजु  चन्द्रबहादुर चन्द “बीरजंग”का छोरा हुन् । नेता बीरजंग पनि कारागारमा बन्दी जीवन बिताइरहेका छन्।
गत फागुन १९ गते कपिलवस्तुबाट अभद्र व्यवहारको आरोपमा पक्राउ परेका उनलाई चैत २३ गते जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले तारेखमा छाडेको थियो । सोही दिन उनलाई कपिलवस्तुबाट प्रहरीले पक्राउ गरी नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो, त्यहाबाट पनि सोही मुद्दा लगाएर कावासोती पुर्याईएको थियो !

प्रतिक्रिया