शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको सम्पत्ति छानबिन नगरी तारेखमा रिहा

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको सम्पत्ति छानबिन नगरी तारेखमा रिहा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ बैशाख २०७७
  • 4.4K
    Shares

सुलभ अग्रवाल

शरीरको तापक्रम नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ ।

जिल्ला अदालत, काठमाडौंले तोकेको २५ लाख ५० हजार धरौटी छुटेका अग्रवाललाई प्रहरीले अदालत परिसरबाटै प्रहरीले उनलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो ।

तापक्रम नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाललाई प्रहरीले अग्रवालको सम्पत्तिसमेत अनुसन्धान गर्न भनी विभागमा प्रतिवेदन बुझाएको थियो । तर विभागले उनीसँग बयान लिएर, लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको समाचारस्रोतको दाबी छ ।

किर्गिस्तानका अवैतनिक दुत हुन् । उनी गत चैतको अन्तिम साता ६७ वटा थर्मल गर्न सहित पक्राउ परेका थिए । उनी जगदम्बा समूहको शंकर ग्रुपका सञ्चालक हुन् । कालोबजारीमा पक्राउ परेपछि अग्रवालसहित विदशी मुलुकका लागि अवैतनिक दूत रहेका ४ दर्जन नेपालीलाई दिइदै आएको कूटनीतिक सुविधासमेत सरकनारले खोसि सकेएको छ ।

प्रतिक्रिया